साहारा स्कुलमा ट्राफिक सँग विद्यार्थी कार्यक्रम

दिलिप ढकाल
सुर्खेत, २५असार ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ बोटेचौर मा निरन्तर शिक्षा प्रदान गर्दै आएको साहारा ईङलिस मिडियम स्कुलमा ट्राफिकसंग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा साहारा ईङलिस मिडियम स्कुलको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सवारी दुर्घटना न्यूनीकरण को लागि स्कुलमा विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुलाई ट्राफिक नियमको जानकारी गराउने उद्देश्य अनुरुप सवारी दुर्घटना न्यूनिकरणका लागी ट्राफिकसंग बिद्यार्थी कार्यक्रम संचालन गरिएको थियो । अस्थाई ट्राफिक प्रहरी पोष्ट बोटेचौर सुर्खेतमा कार्यरत प्रहरी हवल्दार भान बहादुर भाट द्धारा साहारा ईङलिस मिडियम स्कुलमा कक्षा ८ र ९ मा अध्यनरत ( ७० जना) बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतनामुलक जानकरी दिनु भएको थियो।

कार्यक्रम मा बिद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका लगाएतको उपस्थिति रहेको थियो । साथै बिद्यालय प्रशासनले बिद्यालयमा आएर ट्राफिक नियम सम्बन्धि बिद्यार्थी लाई सचेतनामुलक जानकारी दिएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत तथा अस्थाई ट्राफिक प्रहरी पोस्ट वोटेचौर सुर्खेत लाई धन्यबाद ब्यक्त गरेको छ ।

साहारा स्कुलमा ट्राफिक सँग विद्यार्थी कार्यक्रम

नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *