जिल्लाका १४ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्ला,२४असार ।

जिल्लाका १४ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालयको मूल्यांकनका आधारमा १४ किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । कृषि उत्पादनमा र पशुपालन क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्दन आचार्य र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले कृषकलाइ पुरस्कार प्रदान गरे ।

कृषक समूहतर्फ चन्दननाथ नगरपालिका–५ का निरोजराज गिरी, गुठीचौर– ५ की बबिता भण्डारी, पातारासी– ४ की सुशीला बोहरा, तातोपानी– १ का परान धराला, तिला–८ का बुद्धि बस्नेत, कनकासुन्दरी–८ का न बहादुर शाही र सिजा गाउँपालिका– ३ का गगनबहादुर शाहीले पुरस्कार हात पारे ।

यस्तै पशुतर्फका किसान कनका सुन्दरी गाउँपालिका–१ का कर्णसिंह कठायत, तातोपानी गाउँपालिका–४ का गंगादेवी उपाध्याय, चन्दनाथ–३ का जंग खत्री, चन्दननाथ–२ का कमला बुढ्थापा, गुठीचौर– ५ का गोपाल महत, चन्दनाथ– ६ का डिल्लीबहादुर रावल र चन्दननाथ– ३ का अमरसिंह झाक्रीलाई उत्कृष्ट पुरस्कार प्रदान गरियो।

सम्मानित कृषकले जनही १० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरे । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको लागि कृषि विकास कार्यालयले सूचना जारी गरेको थियो। त्यससँगै स्थानीय तहले आफ्नो पालिकाका कृषकको सूची कार्यालयमा पठाएका थिए ।

स्रोत : थाहाखबर

जिल्लाका १४ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

साहारा स्कुलमा ट्राफिक सँग विद्यार्थी कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *