तुइनकै भरमा कर्णाली वारपार

हुम्ला , २५ असार ।

सरकारले तुइन विस्थापन गर्ने भने पनि अदानचुली गाउँपालिकाका बासिन्दा पाँच वर्षदेखि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यतामा छन् । आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीयवासी तुइनकै भरमा गर्नुपरेको हो । अदानचुली गाउँपालिका–१ का जुनराज महताराले ज्यान जोखिममा राखेर कर्णालीमा तुइन तर्दै आएको बताए ।

वर्षौँदेखि झोलुङ्गे पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र मुगुका स्थानीय दोमुखमा तुइन निर्माण गरेर वारपार गर्न बाध्य छन् । वर्षामा कर्णाली नदीमा पानीको सतह बढ्दा तुइन छुने गर्छ । यस्तो बेलामा तुइन तर्न ज्यादै गरलाग्दो हुने अनुभव उनको छ । उनले भने “तुइनमा राखिएको डब्बा जालीबाट बनाइएको हुन्छ । डोरी चँुडिएर दुर्घटना हुने हो कि भन्ने मनमा त्रास हुने गर्छ ।

सो तुइनबाट पैदल यात्रुु र सामान ढुवानी गरिँदै आएको छ । अदानचुलीका परबहादुर बुढाले दोमुुखमा पुल निर्माणका लागि गाउँपालिकादेखि सबै निकायमा माग गरिए पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरे । उनले तीन महिनाअघि सो तुइनमा सामान ढुवानी गर्ने क्रममा जाली चुँडिएर सामान नदीमा खसेको बताए ।

यहाँबाट दैनिक ४० जनासम्म यात्रुुले तुुइनकै सहारामा नदी वारपार गर्छन् । अदानचुली गाउँपालिकाले गाउँपालिकाको बजेटबाट पुल बनाउन स्रोतको अभाव रहेको जनाएको छ । दोमुख मात्र होइन कर्णाली नदीमा छभन्दा बढी स्थानमा यसरी तुइन तरेर पैदलयात्रुले नदी पार गर्नुपर्ने बाध्यता छ ।

स्रोत : गोरखापत्र

तुइनकै भरमा कर्णाली वारपार

निर्माण भएको ६ वर्ष वित्यो, सञ्चालनमा आएन

तुइनकै भरमा कर्णाली वारपार

जनसम्पर्क समिति कोरियाको बिधान अधिबेशन सार्न माग,

Leave a comment

Your email address will not be published. Required fields are marked *