कर्णाली प्रदेशका प्राविधिक क्षेत्रमा १३३ जना जागिर खुल्यो

सुर्खेत, २५ चैत्र ।
कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, कृषि तथा इन्जिनियरिङ्ग क्षेत्रका विभिन्न प्राविधिक विषयहरुमा जनशक्ति मागेको छ ।
१३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।
यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२÷१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४÷१४ जना र मुगु, डोल्पा र हुम्लामा १५÷१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।






