रुकुम पश्चिममा चट्याङ लागेर दुई जना महिला घाइते

रुकुम पश्चिम,२२ असार ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । मङ्गलबार परेको चट्याङ लागेर सुर्किमारे गाउँका ४६ वर्षिया लक्ष्मी ओली र बोहरा गाउँका ३० वर्षिया कौशिला बोहरा घाइते भएका हुन ।
घरमै रहेको अवस्थामा चट्याङ लागेर उनीँहरु घाइते भएको स्थानीय दिलबहादुर ओलीले जानकारी दिए । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । दुबै जनाको स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको ओलीले बताए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

चट्याङका कारण स्थानीय अतिराम ओलीको घरमा सामान्य क्षति पुगेको छ । उनको घरको सोलारमा क्षति भएको छ । त्यसैगरी सोहि दिन चट्याङ लागेर स्थानीय मोेतविर बोहराको एक भैंसी मरेको छ । चट्याङले उनँको घर चर्किएको छ । चट्याङका कारण स्थानीयको घरमा जडान गरिएको बिजुलीका बल्बहरुमा क्षति पुगेको छ ।






