नेपालले भुटानलाई हरायो

काठमाडौं २३ जेठ ।

आइसिसी महिला यू–१९ टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले सोमबार मलेसियामा भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पार ग¥यो। नेपालका लागि सन्जु राजवंशीले नटआउट ३० रन जोडिन् । उनले ३२ बलमा ५ चौका हिर्काइन् । सना प्रवीनले १२ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

नेपालका ओपनरद्वय किरणकुमारी कुँवर २ रन र स्नेहा महरा ० मा आउट भए। आस्मा पुलामी मगर ३ रन, कप्तान कृतिका मरासिनी २ रन र सृष्टि जैशी ८ रनमा आउट भए। अलिसाकुमारी यादव २ रनमा नटआउट रहिन् । बलिङमा भुटानकी साङ्गे वाङमोले ३ विकेट लिइन्। अन्जुली घले र सोनमले १–१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन जोड्यो। भुटानका लागि नवाङ चोडेन र साङ्गे वाङमोले ११–११ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालकी अनु कडायत, मनिषा उपाध्याय र कप्तान कृतिक मरासिनीले २–२ विकेट लिए। स्नेहा महराले १ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो ।

अब नेपालले थाइल्यान्ड र आयोजक मलेसियासँग खेल्न बाँकी छ । प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछ ।

नेपालले भुटानलाई हरायो

अन्तरजातिय विवाह परिवार र समाजको संधै तगारो

नेपालले भुटानलाई हरायो

समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्दैनः मौसम

Leave a comment

Your email address will not be published. Required fields are marked *