सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

जुम्ला,१८ मंसिर ।

जुम्लाको सिंजा उपत्यकामा पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो ।

गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ।

उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प, डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।

राहत वितरण कार्यक्रम सम्वन्धित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सेडा नेपाल र क्याड नेपालको सहभागिता रहेको थियो । बाढीपहिरोका कारण धेरै क्षति भोग्नु परेको थियो । गैरसरकारी संस्थाको तर्फबाट बाढीपीडित घरधुरीलाई राहत सामग्री प्राप्त हुँदा सहज भएको छ ।

रातोपाटी

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

’द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

Leave a comment

Your email address will not be published. Required fields are marked *