पहिराेकाे जाेखिममा सदुरमुकाम मान्म

कालीकोट,१९ साउन ।

कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार र आसपासको क्षेत्र पहिरोको उच्च जोखिममा छ। डाँडामाथि बजार, दुवैतर्फको जमिन पहरामाथि भएकाले जति बेला पनि पहिरो खस्ने खतरा छ। बजारको ढल निकासको व्यवस्थापन नहुँदा थप जोखिम बढेको स्थानीयले बताएका छन्। वर्षातको समयमा बजार क्षेत्रको पानी दुईतर्फ बग्ने भएकाले नावगैरा बस्ती जतिबेला पनि बग्नसक्ने भन्दै नागरिकले चिन्ता गरेका हुन्।

नावगैराका कालुप्रसाद उपाध्यायले बजारको ढलका कारण वस्ती जोखिममा रहेको बताए । उनले यो बस्ती बग्ने बित्तिकै मान्मको बजार पुरै दुई भाग भएर बग्ने खतरा रहेको सुनाए । घर बनाउँदा कतै दुई मिटर कतै चार मिटरमै पहरा भेटिन्छ। माथिको माटो बग्नेबित्तिकै बजार सर्लक्कै बगेर जाने खतरा रहेको उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बजारको सुरक्षाका लागि सबै भन्दा पहिला यहाँका घरमालिक जिम्मेवार हरेको बताएका छन् । करोडका घर बनाएर पानी निकास सडकमा गर्ने बानीले मान्म बजार उच्च जोखिममा रहेको उनको भनाइ छ। उनले घरको छतको पानी मात्र आफै व्यवस्थापन गरेको खण्डमा बजारलाई जोखिमबाट बचाउन सकिने बताए ।

भौगोलिक रुपमा पनि खतरा उस्तै छ। गत वर्ष नावगैरामा पहिरो बग्न सुरुभएपछि त्रिपाल हालेर जोगाइएको थियो। स्थानीय कृष्णकला पाण्डेले आफ्नो घरको डिलबाट पहिरो गएर चार वटा घरलाई क्षति पुगेको बताए ।

बजारको फोहोर व्यवस्थापन नहुँदा मध्य सडकमै फोहोर थुप्रिने गरेको छ। व्यवस्थित ढल नहुँदा र जताततै फोहोर हुँदा सदरमुकाम नै जोखिममा परेको हो। खाँडाचक्र नगरपालिकाले यो विषयमा खासै चासो दिएको छैन। बजारको ढल व्यवस्थापनमा चासो नदिँदा बजार जोखिममा छ। शहरी विकास मन्त्रालयले डीपीआर मङ्सिरसम्म सकिने भएकाले त्यसपछि बजेटको व्यवस्थापन हुने र कालीकोट मान्मको ढल निकासका बारेमा प्रक्रिया अगाडि बढ्ने बताएको छ।

स्राेत ः गाेरखापत्र

पहिराेकाे जाेखिममा सदुरमुकाम मान्म

नेपाली हातले बनाएको फुरु चीनको तिब्बतमा लोकप्रिय

पहिराेकाे जाेखिममा सदुरमुकाम मान्म

YUGAAWHAN NATIONAL DAILY (2079-04-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *