रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते

रुकुम पश्चिम,१७ कात्तिक ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार जिल्लाको आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु १ ज १५६९ नम्बरको यात्रुबहाक जिप बुधवार बेलुका मुसिकोट नगरपालिका १ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेर आठबिसकोट नगरपालिका २ का १५ वर्षीय भूपाल थापा, सोही स्थानका ५० वर्षीया कमला बुढा, ३० बर्षीया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ वर्षीय अभिषेक बोहरा घाइते भएका छन् ।

गोरखापत्र

रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते

बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै

रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते

सिमकोटमा विद्युत् सेवा ठप्प भएको एक महिनापछि

Leave a comment

Your email address will not be published. Required fields are marked *