वर्षाकाे समयमा पनि सवारी साधनको यात्रा काठेपुलबाट

प्रचण्ड खत्री
रुकुम पश्चिम १८ साउन ।
रुकुम पश्चिम बाफिकोट गाउपालिकाका धेरै जसो खोलामा वर्षायाममा यात्रा गर्दा सवारी साधन काठे पुल बाटै यात्रा गरिरहेका छन । धेरै जसो खोलामा यात्रा गर्दा काठेपुलको भरमा गरिरहेका हुन्छन । साना वा चार पांग्रे गाडीले जोखिम मोलेरै खोलाबाट यात्रा गर्ने गरेको गाडी चालक धुर्व खनालले बताए ।

बाफिकोट गाउपालिका वडा नम्बर ४ र वडा नम्बर ६ को बिचमा पर्ने बडगाई खोलामा पुल नहुदा स्थानीयहरुलाई काठेपुलबाट यात्रा गर्न असहज भएको स्थानीयको भनाई छ । गत वर्ष एक बाईक खोलाबाट वारिकाे पारि गरेकाे स्थानीयले ५ सय रुपैया लिने गरेका थिए ।
काठे पुल बाट यात्रा गर्न मुस्किल रहेको छ, काठेपुल पनि जिर्ण रहेको छ । पारि र वारिको भागमा सिमेन्ट लगाएको र सिमेन्टको पुरै फुटेर नस्ट भएको स्थानीय कमल दाहालले बताए । खोला ठुलो भएको हुदा जोखिम मोलेरै पुलबाट यात्रा गर्दा मरिने या बाचिने अर्थ नभएको आठबिसकोटका उतम कामीले दुखेसो व्यक्त गरे ।

यी पुलहरु त उदाहरण मात्र हुन । बाफिकोट गाउपालिकाका कयौ खोलामा यस्तै पुल हुदा स्थानीयहरुले अकालमै ज्यान गुमाउनु परेको छ । स्थानीय सरकारले आउदो आर्थिक बर्षमा बजेट उपलब्ध गराई पुल निर्माण ध्यान जरुरि देखिन्छ । २०७६ सालमा भने पुल नहुदा गाउपालिकाका ६ जना बासीले फरक फरक मितिमा ज्यान गुमाउनु परेको थियो ।






