असिनापानीले स्याउ खेतीमा क्षति

जुम्ला । जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए । उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए ।

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् ।

स्याउका बोट रित्तिएका छन् । असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

असिनापानीले स्याउ खेतीमा क्षति

आज मेघ गर्जन र चट्याङसहित वर्षा

असिनापानीले स्याउ खेतीमा क्षति

कर्णालीका सबै जिल्लामा पुग्यो मतपत्र, हुम्ला, मुगु

Leave a comment

Your email address will not be published. Required fields are marked *