गुर्भाकोट नेत्रहीन संघ सुर्खेतमा अनुगमन

दिलिप ढकाल
सुर्खेत १६साउन ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ मा संचालन मा रहेको गुर्भाकोट नेत्रहीन संघ मा अनुगमन गरिएको छ।डेन्मार्कबाट डि ए बि परियोजना अन्तर्गत नेपालको लागि प्रतिनिधित्व गर्ने समुहले गुर्भाकोट नेत्रहीन संघमा अनुगमन गरेको हो। उक्त समुहले गुर्भाकोट नेत्रहीन संघ सुर्खेत लाई केहि समय अगाडी नेत्रहिन व्यक्ति हरुको लागि दैनिकी जिबन यापन सहज होस् भन्ने उदेश्यले रु एक लाख पचास हजार रुपैया सहयोग गरेको थियो।

उक्त सहयोग रकम बाट गमला उद्योग संचालन गरि नेत्रहीन संघ गुर्भाकोटले नेत्रहिन व्यक्तिलाई गमला बनाउने तालिम दिएको थियो। डि ए बि परियोजना अन्तर्गत गुर्भाकोट नेत्रहीन संघमा गरेको लगानीको अवस्थाको बारेमा डेन्मार्कबाट डि ए बि परियोजना अन्तर्गत नेपालको लागि प्रतिनिधित्व गर्ने समुहले अनुगमन गरेको गुर्भाकोट नेत्रहीन संघका अध्यक्ष उत्तम बि.क ले जानकारी दिए ।

अनुगमनमा नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष सुरेश चन्द्र न्यौपाने, निर्देशक नर बहादुर लिम्बू , सुर्खेत नेत्रहीन संघका अध्यक्ष र सुर्खेत परियोजनाका प्रमुख लगायत टिम लाई गुर्भाकोट नेत्रहीन संघका अध्यक्ष उत्तम बि.क , वडा नम्बर ४ का कार्यवाहाक अध्यक्ष ज्ञान बहादुर डाँगी तथा वडा 4 का सचिव नेत्र बहादुर बि.क ले स्वागत गरेका थिए ।
गुर्भाकोट नेत्रहीन संघमा हाल १५ जना नेत्रहीन हरुले गमला बनाउने काम गरिरहेको र ति गमला हरु १५० देखि २०० सम्ममा उद्योग बाटै बिक्रि भएको समेत अध्यक्ष उत्तम बिकले जानकारी दिए ।


