२०८३ आश्विन १७ गते
×

Now Playing

पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर एउटै शिक्षकसँग पढ्दै

जुम्ला १६ साउन ।

जिल्ला सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरको एउटा सानो कोठा। यो मन्दिरको कोठा मात्र होइन, गुरुकुल पाठशालाको कक्षा कोठा पनि हो, जहाँ पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर एउटै शिक्षकसँग पढ्छन्।

चन्दननाथ नगरपालिका– ५ मा पर्ने यो पाठशालामा एउटै कोठामा १ देखि ५ सम्मका विद्यार्थी पढ्छन्। कक्षा १ देखि ५ सम्म १४ छात्रा र १६ छात्र छन्। शिक्षक भने एकैजना– प्रधानाध्यापक विश्वराज उपाध्याय। कोठा मात्र नभई फर्निचर अभावमा विद्यार्थी भुइँमा ओछ्याएको कार्पेटमा बसेर पढ्ने गर्छन्।

२०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माण र शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको हो।पाठशालामा कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारी विद्यालय जाँदा सधैं कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको बताउँछिन्। ‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ’, उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनुहुन्छ। सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या हुन्छ।’

पाठशालामा नेपाली र संस्कृत दुईवटै भाषाबाट पढाइ हुन्छ। ‘सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिएन,’ प्रधानाध्यापक उपाध्यायले भने,‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ।’ पाठशालामा दलित र गैरदलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ । पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन्।

‘पाठशालामा संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिन्छन्’, उनले भने, ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै।’ प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको उनले बताए। । शौचालय र खानेपानीको सुविधा भने राम्रो रहेको उनको दाबी छ। चन्दननाथ नगरपालिकाले पाठशालाका लागि हरेक वर्ष २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईँले जानकारी दिए।

स्राेत ः थाहाखबर

पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर एउटै शिक्षकसँग पढ्दै

देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर एउटै शिक्षकसँग पढ्दै

गुर्भाकोट नेत्रहीन संघ सुर्खेतमा अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *