देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडाै १६ साउन ।

पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २६४ जना संक्रमित निको भएका छन्।

स्राेत ः सेताेपाटी

देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काभ्रेस्थली घटनाः फेला पर्याे सुसाइड नोट

देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर

Leave a comment

Your email address will not be published. Required fields are marked *