बाँफिकोटमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न

प्रचण्ड खत्री

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ पालाकोटमा चुनाबी सभा सम्पन्न भएको छ । सभालाई केन्द्रिय नेता देखि स्थानिय नेताले सम्बोधन गरेका थिए ।

अधिकांस नेताले उम्मेदवारलाई भोट दियर जिताउन अनुरोत गरेका थिए । नेकपा माओवादी केन्द्र बाफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसिले वडा नम्बर १ जनतालाई भारी मत दियर जिताउन आग्रह गरेका छन ।

बिकाश प्रेमी पार्टी भनेकै माओवादी केन्द्र भएकाले फेरि पाँच बर्षको लागि आफुलाई सत्तामा पठाउन जनतालाई नम्र गरेका छन ।

२०७४ सालको स्थानिय चुनाबमा नेकपा माओवादि केन्द्रले १० वटै वडामा जित हासिल गरेको स्मरण गर्दै केसिले गाउँ गाउँमा सडक , सबै जनताको घरमा खरका छाना मुक्त गाउँपालिका निर्माण , घर नभएका बासिन्दाको घर बनाउने कार्य गरेको हो ।

फेरि पाँच बर्षको लागि सरकारमा पठाएपछि जनताको समस्या बुझ्दै बिकाश गरिने अध्यक्षका उम्मेदवार केसिको भनाई छ । मिर्गौला पिडित , ब्लड क्यानर , घरमा आगजानी , सुत्केरीहरुलाई एम्बुलेन्सको भाडा छुट लगायत काम अघिल्लो सरकारले गरेको थियो । यसको लागि आफू निर्बाचित भएपछि घर नभएका मान्छेलाई घर बनाईदिने, लगायतको ब्यवस्था आफुले गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र केसि पारसमणी ले १० वटै वडाका ५२ जना प्रस्ताबित जनप्रतिनिधिलाई भोट दियर जिताउन आग्रह गरेका छ । काङ्ग्रेसको पुरानै शिदान्त भएको र माओवादी पार्टी नयाँ सिद्धान्त भएको हुँदा जिताउन मददातालाई आग्रह गरे ।

बाँफिकोटमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न

सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *