स्वयमसेवीहरुद्वारा संकलित रकमबाट स्वास्थ्य सामग्री सहयोग

अमर सुनार
दैलेख, १७ जेष्ठ ।
कामको सिलसिलामा काठमाण्डौंमा रहेका दैलेखका समाजसेवी मीना थापा र ओम रिजालको पहलमा मनकारीहरु शुभेच्छुकहरुबाट ‘दैलेखका लागि अक्सिजन अभियान’मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको छ । दैलेख अस्पताल र दुल्लू अस्पतालमा उपब्ध गराइएका ५ थान अक्सिजन सिलिण्डर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरी पठाइएको सामग्री समाजसेबी जगतजंग थापाले स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त सामग्रीहरु हस्तान्तरण कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले मनकारीहरुको सहयोगले कोरोना संक्रमितहरुको जीवन रक्षामा सहयोग पुग्ने भन्दै रकम संकलन गर्ने अगुवाहरुलाई धन्यवाद दिनुभयो । आठ लाख दुई हजार नौ सय ४५ मध्ये सात लाख १५ हजार नौ सय रुपैंयाँ ती सामग्री खरिद गरिएको र बचेको ८७ हजार ४५ रुपैंयाँको मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री पठाउने तयारी भएको ‘दैलेखका लागि अक्सिजन अभियान’का अभियन्ता मीना थापाले बताउनुभयो ।

प्राप्त सामग्रीहरुमा २२ हजार एक सय ८० का दरले एक लाख १० हजार नौ सय रुपैंयाँमा पाँच थान अक्सिजन सिलिण्डर, पाँ लीटरको एक थान अक्सिजन कन्सन्ट्रेटरलाई एक लाख १० हजार रुपैंयाँ र तीन लीटरका पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चार लाख ९५ हजार रुपैंयाँमा किनिएको जनाइएको छ ।

सहयोगी मनहरुले दिएको सहयोगलाई स्वास्थ्य सेवा कार्यालयको सल्लाहमा आवश्यकताका आधारमा सामग्री गरिद गरिएको र पारदर्शितामा आफूहरु प्रतिवद्ध रहेको ‘दैलेखका लागि अक्सिजन अभियान’का अर्का अभियन्ता ओम रिजालले बताउनुभयो । संकलित रकम मध्ये सबै भन्दा धेरै अमेरिकाको भजेनियामा बस्ने दैलेखको डुंगेश्वरका कमला केसीले २५ हजार, दैलेख उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष कुलबहादुर बिकले २० हजार, नारायण नगरपालिका–२ जाहारकोटका समाजसेवी जगतजंग थापा र भैरबीका राजेन्द्र शाहीले जनही १५ हजारका दरले सहयोग दिनुभएको बताइएको छ ।

स्वयमसेवीहरुद्वारा संकलित रकमबाट स्वास्थ्य सामग्री सहयोग

सुनिधि चौहानको खुलासा – इन्डियन आइडलमा प्रतिस्पर्धीको

स्वयमसेवीहरुद्वारा संकलित रकमबाट स्वास्थ्य सामग्री सहयोग

काठमाडौंमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *