‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा निधन

एजेन्सी । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भूमिकाबाट चर्चित अभिनेता जो लाराको निधन भएको छ । ५८ वर्षीय लाराको शनिबार विमान दुर्घटनामा निधन भएको हो ।
उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो । दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको हो लारा श्रीमती र अन्य ५ मानिससँग सानो विमानमा यात्रा गरिरहेका थिए । सोही विमान दुर्घटना भएको रेस्क्यु टिमले जनाएको छ । टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ ।
लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न : द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । यो सिरिज १९९६ देखि १९९७ सम्म चलेको थियो । यो अभिनयबाट लाराले तारिफ समेत पाएका थिए । लाराले २००२ मा संगीतमा करियर बनाउन अभिनयबाट बिदा लिएका थिए । त्यतिबेला उनी अभिनय करियरमा चर्चामै थिए ।






