कोरोना जितेपछि निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ’

काठमाडौँ । चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् । ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।

‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ लामिछानेले अगाडि लेखेका छन् ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन । अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’

केही गुनासो समेत गरेका लामिछानेले अगाडि भनेका छन् ‘लडे खिसी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिकको टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो । यो सबै देखे पनि, भोगे पनि । यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु ।’

लामिछानेले आफ्नो उपचारमा सक्रिय डाक्टरहरु समेत धन्यवाद दिँदै धर्मपत्नीको रुपमा सरिता लामिछाने पाएकोमा आफू भाग्यमानी रहेको धारणा पनि राखेका छन्

कोरोना जितेपछि निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ’

२३ वर्षको उमेरमा सोनू सुदले गरेका थिए

कोरोना जितेपछि निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ’

शाहरुखको ‘पठान’ अब युरोपमा छायाँकन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *