फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु, २२ घाइते

एजेन्सी | अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए। आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो।

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् ।

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए ।

फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु, २२ घाइते

‘कोरोनाको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु, २२ घाइते

कोरोनाको भियतनामी भेरियन्ट थप संक्रामक

Leave a comment

Your email address will not be published. Required fields are marked *