यार्सा टिप्न गएकी महिलाको मृत्यु

दार्चुला : अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको छ । यार्सागुम्बा संकलन गर्न अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो।
गत वैशाखमै पाटन पुगेकी धामीमा पेट दुख्ने समस्या थियो। दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
मृतकको शवलाई आइतबार घर ल्याइएको छ। मृतकका दुई छाेरा र दुई छोरी छन्। यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा संकलनका क्रममा हिउँ पहिराेमा पुरिएर मृत्यु भएको थियो।






