घुँयत्राे : ओलीबाका अर्थ मन्त्रीले २ घण्टाभन्दा बेसी लाएर आब ७८/७९ को बजेट फुके ।

ओलीबाका अर्थ मन्त्रीले बजेट भाषण गरे । ललिता निवासका घरबेटीले के के बाँडदा रैछन् भनेर बजेट भाषण नी सुनियो । २ घण्टाभन्दा बेसी लाएर आब ७८/७९ को बजेट फुके । तर ओलीबाका अर्थ मन्त्रीले त लास्टाँ कर्मचारीको तलव दुई हजार मात्र बढाए ।

अरु बढाउन देशको अर्थतन्त्रले नमिल्ने बताए । बरु आगामी वर्षा बढाउन पेकमिसन आयोग बनाउने भनेर घोषणाँ गरे । त्यसपछि बजेट भाषण सुन्या केही स्वाद आएन । म सरकारी कर्मचारी हैन । कर्मचारीको तलब बढनु र नबढनुसँग सरोकार भएन । तर पनि मलाइ त कुनै स्वाद लाएन । बिचरा कर्मचारी अँझ त्यसाँनी एमालेकै वर्गिय संगठनका कर्मचारीलाई कस्तो भए होला ?

विचरा कर्मचारीको सपना तलव नबढेर तुहियो भने हामी निर्धा जनता लागि त झन् त्यै २ हजारको निहुँमा बजारको मूल्य आकासिँदा हाम्रो हालत के हुने होला । त्यसै त कोरोनाको निहुँमा बजारका बस्तु छोई खानु छैनन् । अँझ भएन भनेर सरकारले २ हजार बढाइदेर बजाराँ बढ्या महंगीलाई ताली पिटेर बस्ने काम गर्याे । हामी सरकारी जागिर नखाने र बेरोजगार जनता त त्यसै मर्ने भएम हैन र ? त्यसैले सरकार तलव बढाउने भन्दानी बजार भाउ बढ्न नदिने जुक्ति गरम न । तपाइँहरु सरकाराँ बस्ने मान्छेहरूलाई त के छ र ? पैसाको कमी छैन ।

न तपाइँहरु आँफै बजारबाट सामान किनेर ल्याउनुहुन्छ, न तपाइँहरुलाई मूल्य बढ्या था हुन्छ ? मूल्य बढ्या त हामीलाई था हुन्छ । जो आफ्नै कमाइ र आँफै बजार गएर सामान किन्छम् । तपाइहरु त बजार अनुगमनका नाम्मा १÷२ टा कार्यालयलाई तोक्नुहुन्छ । तिन्ले नि आफ्नै दुनो सोझिने गरी अनुगमन गर्छन् । अनि तिनकै रिपोर्ट तपाइँहरु पढनुहुन्छ । नेपालको सरकार जनता लागि भएपो जनता हित हुने काम गर्ने हो ।

यो त सरकाराँ बस्ने अनि त्यसका कार्यकर्ता लागि बन्या हुँदा उनहरुलाई फाइदा कसरी हुन्छ र उनीहरुलाई कसरी राज्या ढुकुटी बाँडन सकिन्छ भनेर अर्थ मन्त्रीले चाँजोपाँजो मिलाउनै भाको होला । त्यसैले कर्मचारी साथीहरु अब अर्थ मन्त्रीले हेलाँ गरेनी कार्यकर्ता नजिक बन्नोस् । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान सुन्नु भाकै होला । जयहोस् राष्ट्रसेवक बन्धुहरु ।

वेदर्षि

घुँयत्राे : ओलीबाका अर्थ मन्त्रीले २ घण्टाभन्दा बेसी लाएर आब ७८/७९ को बजेट फुके ।

YUGAAWHAN NATIONAL DAILY (2078-02-17)

घुँयत्राे : ओलीबाका अर्थ मन्त्रीले २ घण्टाभन्दा बेसी लाएर आब ७८/७९ को बजेट फुके ।

मतदान अपडेट : साढे १२ बजेसम्‍म २९२

Leave a comment

Your email address will not be published. Required fields are marked *