एक लाखको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना

सुर्खेत । स्वर्गीय सुशीला योगी श्रेष्ठको स्मृतिको नाममा एक लाखको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट ३५ वर्षको उमेरमै ज्यान गुमाउन पुगेकी वीरेन्द्रनगर–४, भैरवस्थान घर भइ हाल प्युठान जिल्लाको खलंगा निवासी स्वर्गीय सुशीलाको नाममा आइतबार एक लाख बराबरको छात्रवृत्ति कोष स्थापना भएको हो ।

सुशीलाका बाबु लालबहादुर योगी र आमा शान्ता योगी तथा भाइ डा. सुशील योगीले श्री जगन्नाथ–देवी प्राथमिक विद्यालय, वीरेन्द्रनगर–३ को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर सिंह तथा प्रधानाध्यापक मिठ्ठु केसीलाई संयुक्तरूपमा एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

काठमाडौंमा कोभिड–१९ बाट संक्रमित भइ झापाको बिर्तामोडस्थित बी.एण्ड.सी अस्पतालमा सघन उपचार गराइरहेको अवस्थामा जेठ ५ गते बिहान ११ बजे निधन भएको थियो । उनि बीएन स्वास्थ्यकर्मी समेत गहेकी थिइन् ।

उनले देशका विभिन्न अस्पतालमा सरकारले ध्यान पुर्याउँन नसक्दा कैयौंले असमयमै ज्यान गुमाइरहेको सन्दर्भमा सुशीलाको स्मृतिस्वरूप बाबु आमाले छोरीको नाममा विद्यालयमा अक्ष्य कोष स्थापना गरेर उक्त कोषबाट प्राप्त हुने लाभांशलाई वार्षिक रूपमा गरीब तथा असहाय बालबालिकालाई छात्रवृत्ति स्वरूप प्रदान गर्ने गरी एक लाखको चेक हस्तान्तरण गरिएको सुशीलाका मामा तथा विद्यालयका सल्लाहकार बलभद्र भारतीले जानकारी दिए ।

एक लाखको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना

‘मेलापात गर्दागर्दै स्थायी जागिरको सपना देखेँ’

एक लाखको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *