सिद्धार्थ बैंकको बार्षिकोत्सवमा रक्तदान

सुर्खेत : सिद्धार्थ बैंक लिमिटेड सुर्खेत शाखाले बैंकको १९ औं बार्षिकोत्सवको अवसर पारेर बृहत रक्तदान कार्यक्रम गरेको छ । शाखाले बार्षिकोत्सवको पूर्वसन्धामा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो । देशभर सक्तदान तथा धार्मिक र पर्यटकीय स्थलको सरसफाई गर्ने कार्यक्रम अनुसार सुर्खेत शाखाले रक्तदान कार्यक्रम गरेको बैंकका सुर्खेत शाखाका प्रमुख रञ्जन कोइरालाले जानकारी दिए । रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ । २४ जना पुरुष र पाँच जना महिलाहरुले रक्तदान गरेका हुन् ।
कर्णाली प्रदेश अन्तरगत दैलेख र जुम्ला शाखाले भने त्यहाँका मठ मन्दिर र पर्यटकीय स्थलको सरसफाई गरेका छन् । २००२ सालमा स्थापना बैंकले तीनवटा एक्सटेन्सन काउन्टरसहित देशभर एकसय ८९ वटा शाखाबाट सेवा दिँदै आएको छ ।







