सल्यानमा (एस)निकट महिला संघ गठनमा विशाल सहभागीता

दुर्गा विसि : अखिल नेपाल महिला संघ ( समाजवादी ) सल्यानकाे प्रथम जिल्ला भेला सल्यान खलंगामा सम्पन्न भएको छ ।
जिल्ला भेलासँगै जिल्ला कमिटी घोषणा कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको जनाएको छ । भेलाले वुद्धा केसी अध्यक्ष, प्रेमा वस्नेत,सीता याेगी उपाध्यक्ष,शान्ता नेपाली सचिव,कुमारी केसी, रिता वुढा पुन उपसचिव याेगमाया खडका काेषाध्यक्ष सहित ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
सल्यानवाट १० जना महिला नेतृलाइ प्रदेश कमिटिमा सिफारिस गरेकाे छ । वुध्दा केसीकाे अध्यक्षतामा भएको कार्यक्रम शान्ता नेपालीकाे संचालन एव पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ ( समाजवादी ) प्रदेश अध्यक्ष देवि ओलिकाे प्रमुख आथित्यतामा कार्यक्रममा अायाेजना भएको थियोे ।
पार्टीका केन्द्रीय कमिटी सदस्य धिरेन्द्र श्रेष्ठ , भद्रसिह वुढा, शारदा परियार , अनेमसंघ केन्द्रिय सदस्य तथा प्रदेश सचिव धना शाही , सल्यान पार्टी उपाध्यक्ष राम खडकी, पार्टी सचिव रमेश गाैतम, प्रदेश कमिटी सदस्य टाेप वहादुर थापा, जिल्ला कमिटि सदस्य तथा महिला फाँट प्रमुख तिला वुढा , पार्टी शारदा नपा सहइन्चार्ज राजेश विक, अध्यक्ष हिमेन्द्र वुढाथाकी, जिल्ला कमिटी सदस्य मान वहादुर चलाउने, प्रेम डागी, लाेक वहादुर विक, अनेरास्ववियुका अध्यक्ष निरज सिह लगाएतले नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







