अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज ८, सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको प्रसार तथा सेवा विस्तार समितिको आयोजना र अध्यापन अभ्यास शिक्षण विभागको सहकार्यमा उपत्यका भित्रका सहयोगी विद्यालयका प्रधानाध्यापनकहरूसँगको एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा क्याम्पसको शिक्षण अभ्यास कार्यक्रममा समय सापेक्ष गरिनुपर्ने सुधार, पठनपाठनमा गर्नुपर्ने गुणस्तर सुधार र क्याम्पसको भावी योजनाका बारेमा शिक्षण विभाग प्रमुख भवानीप्रसाद आचार्य र स्व–मूल्याङ्कन समितिका सदस्य युवतकुमार ओलीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरूले टिप्पणी सहित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रसार तथा सेवा विस्तार समितिका संयोजक शरद पौड्यालको सभापतित्व र क्याम्पस प्रमुख माधव प्रसाद खनालको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपत्यका भित्रका ५१ ओटा विद्यालयका प्रधानाध्यापक तथा प्रतितिधिहरूको सहभागिता रहेको क्याम्पसको प्रसार तथा सेवा विस्तार समितिका सदस्य थानेश्वर लामिछानेले बताउनु भएको छ ।





