मुद्दाका दुवै पक्षलाई सजाय !

अमर सुना दैलेख । आफूलाई अन्याय भयो भनी कसैले मुद्दा दिए प्रमाण पुगे वा साँच्चै पीडित ठहरे मुद्दा दिने पक्षले जित्छ प्रमाण नपुगे आरोपित पक्ष निर्दोष ठहरे सफाइ पाएका पनि देखे सुनेकै कुरा हो । तर दैलेखमा बलात्कार सम्वन्धी घटनामा अदालत पुगेको घटनामा मुद्दाका दुवै पक्षलाई सजाय भएको छ ।
प्रहरीमा दिएको जाहेरी विपरित बयान बदलेपछि मुद्दाका दुवै पक्षलाई अदालतले सजाय गरेको हो । बलात्कारमा दोषी ठहरिएका दुल्लु नपा–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र छोरी बलात्कृत भएको भनी प्रहरीमा दिएको जाहेरीको विपरित अदालतमा बयान बदलेको कारण मुद्दाका दुवै पक्षलाई सजाय भएको हो ।

१७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको कसूरमा भण्डारीलाई १० वर्ष कैद र आरोपित भण्डारी जोगाउन बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई पाँच हजार जरिवाना गर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेले जानकारी दिए ।
उजुरी गर्दा ५ हप्ताको गर्भ रहेको जनाएकीमा कानून अनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित व्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय गरेको जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले प्रष्ट्याए ।

०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले बलात्कार गरेको पीडित पक्षले ०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण त्यही दिन जजिल्ला अस्पताल दैलेखमा भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १९ गते घरबाटै गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत ०७७ असार ८ गते दैलेख जिल्ला अदालतमा पेश गरेको जवरजस्ती करणी अभियोगमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।
राज्यको साधन श्रोत र जनशक्तिको खर्च गराएर मुद्दा चलिसकेका मुद्दाहरुमा विभिन्न प्रलोभन, डर, धाक र दवावमा मुद्दा होस्टायल गराउने खराव प्रचलन बसेको बेला मुद्दाका दुवै पक्षलाई सजाय हुनुले यस्ता बिकृति रोकथाममा सहयोग पुग्ने दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको भनाई छ ।

मुद्दाका दुवै पक्षलाई सजाय !

अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुद्दाका दुवै पक्षलाई सजाय !

YUGAAWHAN NATIONAL DAILY (2078-6-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *