घुँयत्राे

हैन ! सामाजिक सन्जालभरी रामचन्द्र पौड्यालले नी नयाँ पार्टी दर्ता गर्ने भन्ने समचार देखिन्छन् त हँ । कतै ओलीबा र पौडेलबा मिलेर देउवाको उत्तानोटाङ लाउने त हैनन् गाँठे ।
भन्न के सकिन्छ र बामदेवले जसरी अर्कालाई पुर्छु भनेर २०५४ सालाँ खाल्टो खन्याथे । र पछि आँफै त्यही खाल्टाँ जाक्किएसी अहिलेसम्म उठ्न सक्या छैनन् । यो पल्टको देउवाको अध्यादेश नी देउवाकै निम्ती खाल्टो सावित नहोला भन्न सकिन्न ।
पार्टी सभापति कहिल्यै जितिने हैन भन्ने भइराबेलाँ उस्तै खालका सल्लाहकार मिलेर जे पर्लापर्ला अब ओलीसित सरकाराँ जाने मेसो मिलाम् भनेर पौडेलबालाई उचाले भने यही हो मौका भनेर पार्टी दर्ता गर्न नी बेर छैन है । देउवाजी पौडेलकापछि सिआईडी छोडी राख्नुस् । त्यसै त ओलीबा दुई तिहाइको सरकार गिराइदिए भनेर माधवसित फायर भाछन् ।
अँझ भएन भनेर २० प्रतिशत सांसद र केन्द्रीय समिति आफ्नो पक्षाँ लग्न सके नयाँ पार्टी गठन गर्न सकिने भन्ने अध्यादेश ल्याईदेछि नयाँ पार्टी दर्ता गर्न पुग्या माधव नेपालको पार्टीयाँ २० प्रतिशत संख्या पुग्न दिन्न भनेर कुर्लियाछन् । अनि यही मौकाँ देउवकोा पार्टीलाई नी लथालिङ्ग पार्दिन्छु भनेर ओलीबा कस्सिए भने त भ्याईदेलान् त ! वरिष्ठ नेता पौड्याललाई फेरि अध्यक्ष र प्रधानमन्त्री एक पटक नभइ नछोड्ने रन्को छुट्या छ ।
त्यही रन्कोले नै प्रधानमन्त्री पदाँ १९ उन्निस पटक चुनाव लडनुपर्याे । तर पनि हात गाँठी शून्य । त्यसपछि सभापति हुन पाईन्छकी भनेर लाग्या त्याँनी देउबाले पर्नै दिएका छैनन् । कोइराला परिवारको दवदवा रहने बेलासम्म काँग्रेसाँ अरुले चान्स पाउने कुरैथेन । बल्लबल्ल देउवाले कोइराला परिबारको हातबाट काँग्रेसको नेतृत्व हात पारेछि विचरा देउवाले धित मरुन्जेल स्वाद लिन पनि पा छैनन् ।
पौडेलबा एकोहोरो देउवा हटाउ । मलाई अध्यक्ष चाइयो भनेर कहिले गणेशमान पुत्र गुहार्ने, अनि कहिले विपी पुत्रहरु गुहार्ने गर्दागर्दै अब त उनीहरुले नी साथ नदिने जस्तो भएछि विशेष अधिवेशनको माग गर्दै हिन्याछन् । यही मौकाँ पौडेललाई फाँस्न सकिन्छकी भनेर ओलीबाले कम्मरकसे भने पौडेलले अर्काे दल दर्ता गर्न बेर छैन है प्रधानमन्त्री बन्ने रहर जो जाग्या छ ।
राजनीतियाँ मान्छे जोगी हुन आ हुन्न पदाँ पुग्नै आ हुन्छ भन्छन् क्यारे त्यसैले आफ्ना कार्यकर्ताट भएनी अर्का पार्टीले लएर राखेनी प्रधानमन्त्री हुन पाइन्छ भने किन पछि हट्ने हो र ! कि त आँट गर्ने हो र पौडेलबा !
वेदर्षि






