मुख्यमन्त्रीलाई सुर्खेत उद्योग वाणिज्य संघको २५ बुंदे मागपत्र

सुर्खेत : युस सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई २५ बुंदे मागपत्र बुझाएको छ । शनिबार सम्पन्न संयुक्त बार्षिक साधारणसभामा संघले मुख्यमन्त्रीलाई माग पत्र बुझाएको हो ।

कर्णाली प्रदेशको आर्थिक विकासका लागि एक जिल्ला एक उद्योग स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योगको सञ्चालनमा पहल, १३२ केभीए विद्युतलाईन प्रशासन, अर्गानिक कृषि अनुसन्धान केन्द्र, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र र प्रादेशिक मेडिकल कलेजको स्थापना तथा सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने लगायतका मागहरु बुझाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । प्रदेशको आर्थिक समृद्धिका लागि उनले कर्णालीमा लगानी गर्न आग्रह गरे । ‘निजी क्षेत्रको सहयोग विना प्रदेशको आर्थिक समृद्धि सम्भव छैन’ उनले भने, ‘सरकारले लगानीमैत्री वातावरण तयार छ, कर्णालीको आर्थिक विकासका लागि निजी क्षेत्रले लगानी बढाउनुप¥यो ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य संघका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीमैत्री वातावरण नभएकै कारण कर्णालीमा आर्थिक गतिविधि बढ्न नसकेको बताए । लगानीमैत्री वातावरण भए निजी क्षेत्र कर्णाली प्रदेशमा लगानी गर्न तयार रहेको बताए । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले संघ ३६ र ३७ औं बार्षिक नीति तथा कार्यक्रम, लक्षमण कँडेले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भद्र भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघले शनिबार ३६, ३७ र ३८ औं साधारणसभा संयुक्त रुपमा सम्पन्न गरेको छ । यसअघि नै हुनुपर्ने ३५ र २७ औं साधारणसभा कोरोना महामारीका कारण सकेका थिएनन् । यही कारण संघले तीन वटै साधारणसभा संयुक्त रुपमा गरेको हो । यसैबीच संघले विभिन्न उद्योगी, कर्मचार र पत्रकारलाई पुरस्कार तथा सम्मान गरेको छ । संघले स्थापना गरेको ‘आर्थिक पत्रकारिता पुरस्कार’ क्रियाशिल तीन जना पत्रकारहरुलाई प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७६ को आर्थिक पत्रकारिता पुरस्कार यसयुगआह्वान दैनिकका देव राना, २०७७ को आर्थिक पत्रकारिता पुरस्कार नेपाली रैवार अनलाइन पत्रिका सुशिल खड्का र २०७८ आर्थिक पत्रकारिता पुरस्कार जागरण एमएमका सिर्जना बुढाथोकीलाई प्रदान गरिएको हो ।

स्तै गंगामाला पाउरोटी उद्योगका सञ्चालक विपीन ठाकुर, श्याम एण्ड शंकर जेभीएका सञ्चालक पदमबहादुर खड्का, सुरज बेकरी उद्योगका सञ्चालक धर्मकुमारी गौतम, होटल अतिथीका सञ्चालक बृद्रा पाण्डे र कर्णाली मार्टका सञ्चालक तेजेन्द्र कार्की लगायतका उद्योगी व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो ।

मुख्यमन्त्रीलाई सुर्खेत उद्योग वाणिज्य संघको २५ बुंदे मागपत्र

१२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर

मुख्यमन्त्रीलाई सुर्खेत उद्योग वाणिज्य संघको २५ बुंदे मागपत्र

दुःखदेखि नहार्ने खड्क

Leave a comment

Your email address will not be published. Required fields are marked *