इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहोस् : दूरसञ्चार प्राधिकरण

काठमाण्डौ : नेपाल दूरसञ्चार प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकले सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराइ लागू गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवा शुल्क र महशुलदर सर्तअनुसार अनिवार्य प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने जनाएको छ ।

साथै सेवा शुल्क र महशुलदर स्वीकृत भएको मिति समेत उल्लेख गरी लागू गर्नुपर्नेतर्फ सचेत गराएको छ ।

प्राधिकरणले सूचना निकालेर कतिपय इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट सेवाको शुल्क र महशुलदर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको उल्लेख गरेको छ ।

साथै उपभोक्ताले आफूले प्रयोग गरेको सेवाको महशुलदर प्राधिकरणबाट स्वीकृत भएरनभएको बुझेर भुक्तानी गर्न पनि अनुरोध गरेको छ ।

इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहोस् : दूरसञ्चार प्राधिकरण

अन्तरिक्षमा बिहे गर्ने आम सपना पनि अब

इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्नुहोस् : दूरसञ्चार प्राधिकरण

YUGAAWHAN NATIONAL DAILY (2078-9-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *