सुर्खेत कारागारका ११ कैदीको सजाय मिनाहा

सुर्खेत । सुर्खेत कारागारमा रहेका कैदीबन्दीहरू मध्य ११ जनालाई सजाय माफी दिइएको छ। (आज) आइतबार संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा भएको छ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिइएकीन्।


सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र तीनसय २ जना पुरुषसहित कुल तीनसय ४० जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काटिरहेका छन्।
उनका अनुसार कैद मिनाहा हुनेहरूमा ( कर्तव्य ज्यान मुद्‍दा ) पाँच जना छन्। जसमा कमल भन्ने धिरज पराजुली, काइँला,टोपबहादुर रोकाय, ईन्द्रबहादुर रामजाली, जीवन शाही र धनबहादुर विक रहेका छन्।
त्यस्तै, डिलबहादुर बुढा मगर ( खुन डाँका मुद्‍दा ), सूर्यबहादुर गुरुङ ( सवारीबाट अङ्गभङ्ग मुद्‍दा ), गोपाल सार्की ( ज्यान मार्ने उद्योग मुद्‍दा ), प्रेमबहादुर कामी ( बहुबिबाह मुद्‍) बाट माफी पाएका हुन्। साथै ( सवारी ज्यान मुद्‍दा ) मा राजकुमार बोहरा र लक्ष्मण विकले सजाय मिनाहा पाएका हुन्।
कैदी बन्दीको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहाा हुने व्यवस्थाअनुसार कैद मिनाहाा गरिएको जेलर खरेलको भनाइ रहेको छ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर ९कैद कट्टा० नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहाा गर्न सक्ने व्यवस्था अनुसार सुर्खेत कारागारमा रहेका मध्य ११ जनालाई कैद मिनाहा गरिएको हो।

 

सुर्खेत कारागारका ११ कैदीको सजाय मिनाहा

संविधान दिवसको अवसरमा वडाध्यक्ष सहित सल्यानमा सात

सुर्खेत कारागारका ११ कैदीको सजाय मिनाहा

संविधान घाइते छ, उपचारमा ढिलाइ गर्‍यौं भने

Leave a comment

Your email address will not be published. Required fields are marked *