ड्राइभिङ लाइसेन्सका लागि भदौ दोस्रो साताबाट ट्रायल खोल्ने तयारी

काठमाडौं : यातायात व्यवस्था विभागले भदौ दोस्रो साताबाट ड्राइभिङ लाइसेन्स लिनेहरूका लागि ‘ट्रायल’खोल्ने तयारी गरेको छ। कोभिड-१९ ले रोकिएकाे ट्रायल विभागले सञ्चालनमा ल्याउन लागेको हो।
विभागका प्रवक्ता लोकनाथ भूसालले ट्रायलका लागि आवश्यक प्रकृया अगाडी बढाइरहेको जानकारी दिए। भने, ‘सिसिएमसीलाई ट्रायल खोल्न अनुरोध गर्दै छौँ,याे दोस्रो साताबाट खोल्ने भनेका छौँ।’
नेपालमा पुनः दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको थियो। जसले करिब चार महिनादेखि ट्रायल रोकिएको छ।
विभागका अनुसार ट्रायलका लागि निषेधाज्ञा अघिसम्म करिब सात लाखले आवेदन दिएका छन्। कोभिडले यी सबैले अहिलेसम्म ट्रायल दिन पाएका छैनन्।





