जति धेरै बेइमानी त्यति धेरै सत्यानाश : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीभित्र नेतृत्व इमान्दार नहुँदा विसर्जनतर्फ जान थालेको बताएका छन्।
माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता निवेदन हालेपछि नेपालनिकट नेता भुसालले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता सिद्धान्तहीनताबाट सुरू भएको हो। कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो।
त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररूपमा विसर्जनतर्फ जाँदैछौं।’
पार्टीको मुख्य समस्या विचारहीनता सिद्धान्तहीनताबाट सुरू हुने उनको भनाइ छ। नेतृत्व इमान्दार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जान थालेको बताउँदै जति धेरै बेइमानी त्यति धेरै सत्यानाश हुने स्पष्ट पारेका छन्।
‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश। फेरि पनि हस्तक्षेपको खाँचो छ’ उनको भनाइ छ।





