हाइटी भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

एजेन्सी : हाइटीमा गएको ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ।

भूकम्पबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र भूकम्पबाट जोगिएकाहरू पनि ठूलो संकटमा रहेको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्।

दुर्गम पहाडी क्षेत्रमा राहतको कार्यक्रम लैजान नसक्दा स्थानीयमा ठूलो निराशा देखिएको भन्दै प्रधानमन्त्री हेनरीले राहतको कार्यक्रम तीव्र पारिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री हेनरीले दक्षिणी हैटीको ठूलो क्षेत्र हलचल हुने गरी आएको भूकम्पले आफूहरु कति नाजुक अवस्थामा रहेछौँ भन्ने पनि साबित गरिदिएको बताएका छन्।

अलजजीराका अनुसार एक प्रत्यक्षदर्शीले भूकम्पको लामो समयपछि एउटा हेलिकोप्टरले राहत सामग्री बोकेर आएको र भोकै रहेका हजारौं स्थानीयवासीले हेलिकोप्टर घेरा हालेको बताएका छन्। गएरातिसम्म भूकम्पबाट २ हजार १ सय ८९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *