क्यान्सर पीडित शाहीको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारको अपिल

सुर्खेत । कालिकोट चिल्खा घर भएका हाल खजुरा गाउपालिका ६ सिमल घारी, दस भिगा बाँकेमा बस्दै आएका ३० वर्षीय गंगा शाहीको मेरुदण्डमा क्यान्सर देखिएकोले क्यान्सरबाट पीडित शाहीको उपचारमा सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन ।
आर्थिक अवस्था दयनीय रहेका धन शोभा शाहीका छोरा गंगा शाहीको उपचारका लागि रकमको अभाव भएकाले शाहीको परिवारले मनकारीहरुसँग सहयोग अपील गरेका हुन् ।
पीडित शाहीको उपचारका लागि आफुसङ्ग भएको सबै पैसा सकिए पछी थप उपचार गर्न रकम अभाव भएका कारण मनकारी वक्तित्वहरुमा अनुरोध गरेको उनीकी आमा धन शोभा शाहीले बताएकी छन् ।
एक थुकी सुकी सय थुकी नदि बन्छ भने झै मानबताको नाताले सबैले थोरै धेरै सकेको सहयोग गरियो भने उपचार खर्चको जोह हुने थियो र उपचार गर्न पाए शाहीले पूनर्जिवन पाउने उनले जानकारी दिईन ।
हाल उपचार ट्रमा सेन्टरमा भई रहेको र थप उपचार को लागी राम्रो ठाँउमा लिनुपर्ने देखीएकोले सहयोगको अपिल गरिएको उनको भनाई छ । छोराको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उनले बताईन् ।
सहयोगको लागि क्यान्सर पीडितके दाई पुरन शाहीको सुर्खेत साखा नबिल बैंकको खाता न. ५८१००१७५०१६९० मा सहयोग गरिदिन अनुरोध गरिएको छ । त्यस्तै आर्थिक सहयोग गर्न चाहनेले पुरन शाहीको सम्पर्क नम्बर ९८६८०८३७१७ मा फोन गरेर पनि सहयाेग गर्नसक्नु हुने छ ।






