सल्यानमा : भत्ता बुझेर घर जना नपाउँदै वाटोमै एक वृद्धको मृत्यु

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ निवासि ६७ वर्षिया मेघे कामिको भत्ता वुझेर घर फर्कदै गर्दा वाटोमै मृत्यु भएको छ ।
वडा,४ को देउलि देखि भत्ता वुझन उनी सल्लिवजार आएका थिए । भत्ता वुझेर घर फर्कने क्रममै आफ्नतको घरमा वास वसेका वृद्धको सोहि ठाउँमा मृत्यु भएको आफन्त चित्रवहादुर विकले बताए ।

हिड्न नसकेर उनी विच ठाउँमा वास वसेका थिए । भत्ताकै लागि दुईदिन सल्लिवजार वसेर सल्यान सल्लिवजारमा रहेको लक्ष्मि बैंकबाट भत्ता वुझेर उनी घर फर्केका थिए । गाउँमा धामी बाज्येकाे नामले प्रख्यात कामिको अनत्यष्ठि समेत गरिसकेको छ ।






