प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

एजेन्सी । प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् ।

गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् ।

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।

युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए ।

सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो । ३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरुद्ध धोकाको मुद्दा दर्ता गरियो ।

त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए ।

उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’

तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैविरुद्ध मुद्दा दर्ता गरियो । उनीहरुलाई सजाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले जरिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जेल सजाय पनि हुनसक्छ ।

प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई समातियो । ल्याडबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे । घण्टौंको मिहिनेतपछि युवती बनेका खादिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शंका भयो, त्यसपछि उनी समातिए ।

स्रोतका अनुसार खादिम म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा दिन असाध्यै डर लागिरहेको थियो जसका कारण खादिमले एक योजना बनाए । उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दिइरहे । तर चौथो दिन स्थिति त्यतिबेला गडबड भयो जब एक निरीक्षकलाई उनीमाथि शंका लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही गलत देखे ।

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

जहाँ बेहुलाको साथीहरुले उतार्छन् बेहुलीको कपडा

प्रेमिका फेल हुने डर थियो, महिला बनेर परीक्षा दिन पुगे प्रेमी

चीनसँग जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *