सात जिल्लामा ४० हजार क्विन्टल खाद्यान्न ढुवानी गरिंदै


सुर्खेत : कर्णालीका विभिन्न जिल्लामा खाद्यान्न ढुवानी गर्ने १७ वटा कम्पनीसँग सम्झौता भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सात जिल्लामा चामल ढुवानी गर्न विभिन्न १७ निजी कम्पनीसँग सम्झौता गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ का लागि खाद्यान्न ढुवानी गर्न सार्वजनिक खरिद ऐनबमोजिम न्यून कबोल अङ्कमा प्रस्ताव पेश गर्ने ती ढुवानीकर्तासँग सम्झौता गरेको हो । वार्षिक कार्ययोजनामा दसैँ अगावै ढुवानी सम्झौता गर्नुपर्ने भए पनि सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गर्दा समय लम्बिएको खाद्य कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले ढुवानीकर्ताले न्यून मूल्यमा ठेक्का पार्ने र आफू अनुकूलको समयमा ढुवानी गर्ने गरेका कारण हिमाली तथा उच्च पहाडी जिल्लामा समयमै चामल ढुवानी हुन नसकेको बताए । खाद्य कम्पनीले कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, दैलेख र जाजरकोट जिल्लाका ३३ बिक्री केन्द्रबाट सहुलियत दरमा चामल बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले चालु आर्थिक बर्षमा ४० हजार ७०० क्विन्टल चामल ती जिल्लामा ढुवानी गर्नुपर्नेछ । खाद्यान्न ढुवानी गर्न ढुवानीकर्तालाई सबैभन्दा कम दैलेखमा तीन दिन र सबैभन्दा बढी हुम्लामा ३० दिनको बाटो म्याद दिइएको छ । चालु आवमा हुम्लामा ११ हजार सातसय , मुगुमा दश हजार दुई ५०, जुम्लामा तीन हजार, डोल्पामा आठ हजार दुई ५०, कालीकोटमा दुई हजार आठसय, दैलेखमा दुई हजार र जाजरकोटमा दुई हजार सातसय क्विन्टल चामल ढुवानी गर्नेछ ।

कर्णालीका सात जिल्लामा ३३ डिपो तथा बिक्री केन्द्र छन् । सुर्खेतको प्रादेशिक गोदामबाट ती केन्द्रमा चामल ढुवानी गर्न बोलपत्र स्वीकृत भएका १७ मध्ये १५ ढुवानीकर्ता कम्पनीले काम थालिसकेको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार हवाई मार्गबाट ढुवानी गर्न सिम्रिक एअर कार्गो प्रालिसँग सम्झौता गरिएको छ भने बाँकीले स्थलमार्गबाट ढुवानी गर्दैछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले हुम्लामा ३७ क्विन्टल हवाईमार्ग तथा १८० क्विन्टल स्थलमार्गबाट ढुवानी भइसकेको जनाएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख मिश्रले सुर्खेतमा विमानस्थल बन्द भएका कारण हाल नेपालगञ्जबाट हुम्लाको सिमकोटमा खाद्यान्न ढुवानी भइरहेको जानकारी दिए।

सात जिल्लामा ४० हजार क्विन्टल खाद्यान्न ढुवानी गरिंदै

YUGAAWHAN NATIONAL DAILY (2078-9-02)

सात जिल्लामा ४० हजार क्विन्टल खाद्यान्न ढुवानी गरिंदै

न खेतियोग्य जमिन, न रोजगारी

Leave a comment

Your email address will not be published. Required fields are marked *