कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना सुरु

काठमाण्डौ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको मतगणना भइरहेको छ । कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् ।

आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको थियो । बाँकी रहेकाहरुको गणना अहिले चलिरहेको र आजै नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । अहिले मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यतर्फका सहमहामन्त्रीको मत गणना भइरहेको हो ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस–आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा हुनुहुन्छ । यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

उहाँकाअनुसार आज सहमहामन्त्रीको गणना सकिने छ । त्यसपछि भोलिदेखि केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ । यसअघि हिजो सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको थियो । त्यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो ।

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना सुरु

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना सुरु

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना खोप उपलब्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *