पहिरोमा परी जुम्लामा जडीबुटी खोज्न गएका १ जनाको मृत्यु, तीन घाइते

दैलेख । जुम्लाको पातारासी गाउँपालिका-२ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पाटनतिर जडीबुटी संकलनका लागि गएका चार जना पहिरोमा परेका र एक जनाको मृत्यु भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।
पहिरोमा परी मृत्यु हुनेमा अन्दाजी ३४ वर्षीया सुकवीर नेपाली रहेका र घाइते हुनेमा महिला तारा नेपाली रहेको जुम्ला प्रशासनले जनाएको छ। अन्य घाइतेको विवरण नखुलेको चौलागाईले बताए ।
उनीहरूको उद्धारका लागि बुधबार नै गृहमा पत्र पठाएको भए पनि खराब मौसमका कारण सेनाको हेलिकप्टर जान नसकेको जुम्ला प्रशासनले जनाएको छ।






