२०८३ असार २ गते
×

Now Playing

लगातार परेको वर्षाका कारण दैलेखमा आठ घर भत्किए

दैलेख । तीन दिनदेखिको परेको अविरल वर्षाका कारण दैलेखको दुल्लु नगरपालिकामा बुधबार चार घर र बिहीबार चार घर गरी आठ घर भत्किएका छन्। बुधबार वडा-९ मा चार वटा घर भत्किएका छन् भने बिहिबार सोही नगरपालिका वडा-१ र २ मा दुई-दुई गरी चार वटा घर भत्किएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार वर्षाका कारण घर भत्किँदा मानवीय क्षति भने नभएको जनाएको छ। भत्किएका केही घरमा आंशिक क्षति भएको र केही घरमा पूर्ण क्षति भएका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

यस्तै, वर्षासँगै आएको पहिरोका कारण कर्णाली राजमार्गमा सवारी साधन आवत–जावतमा समस्या हुने गरेको छ। तिन दिन यता परेको वर्षाले राजमार्गका ठाउँ–ठाउँमा पहिरो आउने गरेकाले समस्या हुने गरेको प्रहरीले जनाएको छ।

बुधबार कर्णाली राजमार्ग अन्तर्गत पर्ने पाल्ते खोला र सेतेभिरमा पहिरो जाँदा सडक केही समयसम्म अवरुद्ध भएको भए पनि अहिले खुलाइएको प्रहरीले जनाएको छ। वर्षाले आज पनि राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने गरेको र समयमा सडक खुलाउने काम पनि भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै वर्षा पश्चात् आउन सक्ने बाढी पहिरोबाट जिल्लाभरका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।जिल्लास्थित कर्णाली नदी, लोहोरे, छाम घाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलाहरूमा पानीको बहाव बढ्न गई तटीय क्षेत्रमा बाढी आउन सक्ने र केहि स्थानमा पहिरो जान सक्ने जोखिम रहेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

लगातार परेको वर्षाका कारण दैलेखमा आठ घर भत्किए

पहिरोमा परी जुम्लामा जडीबुटी खोज्न गएका १

Leave a comment

Your email address will not be published. Required fields are marked *