विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध एकाएक सर्वोच्च गए हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले  बताए । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध एकाएक सर्वोच्च गए हितेन्द्रदेव शाक्य

थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध एकाएक सर्वोच्च गए हितेन्द्रदेव शाक्य

विद्यार्थी नेताहरूको ताल !

Leave a comment

Your email address will not be published. Required fields are marked *