सल्यान अस्पतालका सम्पूर्ण सेवा सञ्चालन

सल्यान । कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको सल्यान जिल्ला अस्पतालमा सम्पूर्ण सेवा बुधबार (आज)देखि सञ्चालनमा आएको छ ।

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएपछि अस्पतालले सम्पूर्ण सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्र सञ्चालन गर्दै आइरहेको थियो ।

कोरोना भाइरस संक्रमण घटेसँगै बुधबारदेखि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।

संक्रमण दर र जटिल केसहरु कमी आएपछि बिहीबारदेखि रोग संक्रमण न्यूनीकरणका सम्पूर्ण मापदण्ड पुरा गरेर पहिलेझैँ नियमित रुपमा सेवा प्रदान गरिने उनले बताए । यसअघि कोरोना भाइरस संक्रमित, आकस्मिक बिरामीहरुको मात्र उपचार हुँदै आइरहेको थियो ।

झन्डै दुई महिनापछि सल्यान अस्पतालले सम्पूर्ण सेवाहरु प्रदान गर्न थालेको हो । सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा अहिले चार जना मात्र उपचारत रहेका छन् ।

सल्यान अस्पतालका सम्पूर्ण सेवा सञ्चालन

कामसँगै दाम र खाद्यान्न दिने नीति ल्याउँने

सल्यान अस्पतालका सम्पूर्ण सेवा सञ्चालन

दिल्ली उड्नुअघि झलनाथको सन्देश : व्यक्तिगत इगो

Leave a comment

Your email address will not be published. Required fields are marked *