२०८३ जेष्ठ ३० गते
×

Now Playing

राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण गर्न नपाइने

सुर्खेत  । राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत वितरण गर्न निषेध गरिएको छ । कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई ख्याल गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा निषेधित गरिएको हो ।

राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुव्र्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महराले अब समुदायमा वितरण हुने राहतको उचित व्यवस्थापन गर्न विभिन्न दाताहरुबाट राउटे समुदायको लागि आउने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए ।

उनले भने, ‘समुदायका लागि प्राप्त हुने सबै प्रकारका नगदी तथा जिन्सी सामाग्री कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्नेछ ।’

गएको जेठ २४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकको निर्णयबाट गठित सहजीकरण समितिले समुदायको लागि आवश्यकता पर्ने सामाग्रीको आँकलन गरी आवश्यकताअनुसार सो मौज्दातबाट उपलब्ध गराउने, दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनुपर्नेछ ।

राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण गर्न नपाइने

भारतमा आइतबार ७४ दिनयताकै कम संक्रमित थपिए

Leave a comment

Your email address will not be published. Required fields are marked *