भेरी नगरपालिकाको गाउँगाउँमा स्वास्थ्यकर्मी, शंकास्पदको कोरोना परीक्षण

जाजरकोट । भेरी नगरपालिकाले कोरोना संक्रमितहरुको घरघर पुगेर परीक्षण र उपचार सेवा दिँदै आएको छ। स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा फोनमार्फत परामर्श दिँदै आएको छ।

सबै वडाका बस्ती तथा घरमा जनप्रतिनिधिका स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना परीक्षण गर्दै आएको छ। यस्तै, अन्य रोगबाट पीडित बिरामीहरुको उपचार समेत गरेको छ। कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली टोलटोलमा गएर संक्रमित खोज्न थालेको हो। नगरपालिकाभित्रका प्रायः संक्रमित होम आइसोलेसनमा छन्।

नगरको स्वास्थ्य शाखाले कन्ट्याक ट्रेसिङ्ग टिम (सिआइसिटी) बनाएर टोलटोलमा खटाएको छ। टोलीले परीक्षण गर्ने, संक्रमित खोज्ने र परामर्श दिने काम गरिरहेको छ। नगर स्वास्थ्य शाखाका यज्ञनाथ गौतमको नेतृत्वमा रहेको ६ जनाको उक्त टिममा परिक्षणका लागि तालिम प्राप्त ल्याव टेक्निसियन र तीनजना पारामेडिक्स स्वास्थ्यकर्मी छन्।

टोलीले वडाध्यक्ष, हेल्थपोष्ट र मासिका सँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी शंकास्पदको परीक्षण गर्ने, जनचेतनामुलक परामर्श दिने काम गरिरहेको टिम प्रमुख गौतमले बताए। होम आइसोलेसनमा रहेका संक्रमितको मोबाइल नम्बर लिएर मोवाइलबाटै परामर्श सेवा दिइरहेको बताए।

किट पुग्यो, छैन स्वास्थ्यकर्मी

उपल्लो डोल्पामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढेको भन्दै हेलिकोप्टरबाट औषधि र परीक्षणको लागि किट पु¥याइएको छ। तर, स्वास्थ्यकर्मी नहुँदा परीक्षण हुन सकेको छैन।

सरकारले बेवास्ता गरेपछि उपल्लो डोल्पावासीले काठमाडौंमा विभिन्न व्यक्ति र संस्थासँग सम्पर्क गरी हेलिकप्टरबाट किट ल्याएका हुन्। ती किट प्रायेगमा आउन नसकेको डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए। उनका अनुसार जेठ २३ गते २०० एन्टिजेन किट हेलिकप्टरमा उपल्लो डोल्पा पुर्‍याइएको थियो।

उपल्लो डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा एक–एक सय एन्टिजेन किट पठाइएको हो। वडाध्यक्ष भोटेले एन्टिजेन किट पठाएको एक साता भइसक्दा पनि जनशक्ति अभावमा परीक्षण हुन नसकेको बताए। सरकारी निकायलाइ स्वास्थ्यकर्मी पठाइदिन आग्रह गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। वडाध्यक्ष भोटेले सुर्खेतबाट स्वास्थ्यकर्मी बोलाइएको बताए।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका स्थानीयमा टाउको दुख्ने, शरीर दुख्ने, खाना खान मन नलाग्ने, बासना हराउने जस्ता लक्षणका बिरामी बढिरहेको उनले बताए ।

भेरी नगरपालिकाको गाउँगाउँमा स्वास्थ्यकर्मी, शंकास्पदको कोरोना परीक्षण

राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण

भेरी नगरपालिकाको गाउँगाउँमा स्वास्थ्यकर्मी, शंकास्पदको कोरोना परीक्षण

सुर्खेतमा निषेधाज्ञा खुकुलो, पसल खाेल्ने समय ताेकियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *