भारतमा आइतबार ७४ दिनयताकै कम संक्रमित थपिए

रासस । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सबैभन्दा कम कोरोना संक्रमित फेला परेको हो।

गत २४ घण्टामा यहाँ कोरोना संक्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ।यहाँ हाल कोरोना संक्रमितको कूल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ।

गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन्। यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ।

भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ। हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना शुरु भएयता हालसम्म यहाँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ।

गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ।

भारतमा आइतबार ७४ दिनयताकै कम संक्रमित थपिए

राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *