इन्डोनेसियामा फेरि फैलियो कोरोना, सङ्क्रमित सङ्ख्या उच्च

एजेन्सी । इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो तथ्यांक अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यहाँ मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार थपिएको १४९ सहित ५२ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ६५५ रहेको बताइएको छ। यो सङ्ख्या थप सङ्क्रमितको सङ्ख्याभन्दा झण्डै ५० प्रतिशतले कम हो। दक्षिणपूर्वी यस मुलुकमा अहिलेसम्म कूल १७ लाख ४५ हजार ९१ व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन्। भाइरस सङ्क्रमण देशका २४ प्रान्तहरूमा फैलिएको छ।

विशेष गरी बितेको २४ घण्टामा जकार्तामा दुई हजार ७६९ व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको छ भने सेन्ट्रल जाभामा दुई हजार ५७९ पश्चिम जाभामा एक हजार २४२, यज्ञकार्टामा ४६६ र पूर्वी जाभामा ४१८ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

देशको पश्चिम सुलावेसी प्रान्तमा कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी तथ्यांकमा उल्लेख छ।

इन्डोनेसियामा फेरि फैलियो कोरोना, सङ्क्रमित सङ्ख्या उच्च

गरिब देशलाई एक अर्ब डोज खोप दिने

इन्डोनेसियामा फेरि फैलियो कोरोना, सङ्क्रमित सङ्ख्या उच्च

भारतमा आइतबार ७४ दिनयताकै कम संक्रमित थपिए

Leave a comment

Your email address will not be published. Required fields are marked *