७३ वर्षकी यी वृद्धा आफ्ना लागि खोजिरहेकी छिन् दुलहा, छपाइन् विज्ञापन

एजेन्सी । भनिन्छ, प्रेम र विवाहको कुनै उमेर हुँदैन । यसको एउटा उदाहरण भारतको कर्नाटकको मैसुरमा देख्न पाइएको छ । यहाँकी एक ७३ वर्षीया अवकाशप्राप्त महिला शिक्षकले विवाहको विज्ञापन दिइन् र उक्त विज्ञापनमा एक ६९ वर्षका व्यक्तिले प्रतिक्रिया पनि दिएका छन् ।​

कर्नाटकको मैसुरको यो विवाहको विज्ञापनले धेरैको ध्यान आकृष्ट गरेको छ । विज्ञापनमा वृद्धा महिलाले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छिन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छिन् ।

बेंगलुरुकी महिलावादी कार्यकर्ता वृन्दा अदिगेले इन्डिया टुडेसँगको कुराकानीमा यसलाई निकै सकारात्मक पहल बताएकी छिन् । उनले यो कुरासँग उमेरको कुनै लेनदेन नभएको र कसैले कसैलाई साथी बनाउन सक्ने बताएकी छिन् । उनी भन्छिन्, ‘हामी सबैले यो कुराको सम्मान गर्नुपर्छ । हामी लामो समयदेखि यो धारणामा छौं कि युवावस्थामा नै विवाह गर्नुपर्छ । ’

जानकारीका अनुसार यो विज्ञापनमा एक ६९ वर्षका व्यक्तिले प्रतिक्रिया दिएका छन् । उनी अवकाशप्राप्त इन्जिनियर हुन् । यद्यपि, यी व्यक्तिबारे अहिले नै खासै धेरै जानकारी सार्वजनिक भएको छैन ।

ती वृद्ध महिलाले आफू पारम्परिक तरिकाका श्रीमानसँग आफ्नो जीवन बिताउन चाहेको बताएकी छिन् । जानकारीका अनुसार ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छिन् । महिलाले थुप्रै वर्षसम्म विवाह गरिनन् । यद्यपि, अहिले उनी पुनः विवाहका लागि तयार भएकी छिन् ।

एकातिर उक्त विज्ञापनमा युवावर्गले समर्थन गरिरहेका छन् भने कतिले महिलाको यो निर्णयलाई सामाजिक रुढीलाई तोडेको क्रममा हेर्नुपर्ने बताएका छन् भने अर्कातिर केही मानिसहरुले महिलालाई सावधान रहन पनि सल्लाह दिइरहेका छन् ।

७३ वर्षकी यी वृद्धा आफ्ना लागि खोजिरहेकी छिन् दुलहा, छपाइन् विज्ञापन

धेरै सुत्नु गर्भवती महिलाका लागि खतरनाक

७३ वर्षकी यी वृद्धा आफ्ना लागि खोजिरहेकी छिन् दुलहा, छपाइन् विज्ञापन

एउटा त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती खोस्न

Leave a comment

Your email address will not be published. Required fields are marked *