घुँयत्राे : जसपाका ठाकुर बाबा (महन्थ ठाकुर) त गयो त हँ !

जसपाका ठाकुर बाबा (महन्थ ठाकुर) त गयो त हँ ! सत्ताँ जान्छु र मोज गर्छु भनेर लाग्या ठाकुर बाबा ओलीबासित गठबन्धन गर्दागर्दै ओलीबा नै सत्ताबाट पोख्खिएछि फेरि उठेर देउवाको विश्वासको मताँ पुगेर देउवाबाट केही कुरो फुत्काउन नपाउँदै निर्वाचन आयोगले जसपाको नेता त उपेन्द्र यादव हुन् भनेर छिनोफानो गर्देछि ठाकुरबाबासितै शरद भण्डारीजस्ता राजनीतिक दलका कालकुट विषहरुसमेत उपेन्द्रको मैदानाट भागेछि उपेन्द्रलाई मात्रै हैन, बाबुरामलाई नी हाईसन्चो भा जस्तो मान्याछु मैले ।

विचरा कताकताट मधेसीहरुसित ठोक्किन पुगेका बावुरामको नि अब कुनैदिन पार्टी अध्यक्ष बन्ने दिन आउनेजस्तो देख्खियो त । उपेन्द्र र बाबुराम दुईटै माओवादीबाट उछिट्टेर गएका हुनाले नि ठाकुरको राजनीति गराइ त्याँबाट होलाजस्तो त लाग्थेन । काँग्रेसाँ बसेर ठूलो नेता हुन पाइने छाँट छैन भनेर मधेसीहरुलाई खेडेर दल बनाउन पुग्या थे ठाकुरबाबा ।

मधेसी भएर नी मधेसीको हुलाँ नअटाउने अवस्था आएरै अपराधि नै भएनी रेशम चौधरीलाई अंगालो मारेर थारुहरुको नेता बन्छु भनेर लाएनी ओलीबाले चौधरीलाई जेलाट छोड्न टाइम लाइदेछि विक्षिप्त जस्तै भा ठाकुर अहिले त झन् निर्वाचन आयोगले तँ मधेसी दलको नेतै हैनस्, बरु उपेन्द्र यादव हुन भनेर फैसला रन्काइदेछि अब ठाकुरबाबा ओलीबाकाँ पुग्ने हुनकी देउवाकाँ पुग्ने हुन कुन्नि ?

तेरो दलै छैन, तँ दलको अध्यक्ष नै हैनस् भन्देछि अब देउवाले मन्त्री नि नवनाउने होलान् ? हुन त ८÷१० ओटा सांसद उनकापछि भा हुनाले देउवाले १/२ टा मन्त्री दिननी सक्छन् । तर मधेसीहरुलाई यो चोटी मन्त्रीको जागिर बचाउन ठूलो सकस पर्नसक्छ । भष्टाचार गर्नेलाई मात्रै हैनकी काम नगर्नेलाई नी मन्त्री पदाट तुरुन्त सफाचट गर्ने नियम ल्या हुनाले गरी खाननी कस्ट छ ।

मधेसी भन्नेवित्तिकै भष्टाचार नगर्ने भन्नेकुरा उनहरुको आचरणमै हुँदैन । खासमा उनीहरु पदमा पुग्ने भनेकै राष्टको ढुकुटी दोहन गर्न हो । जति धेरै भष्टाचारी भो उनीहरुको समाजाँ त्यतिधेरै सम्मान हुन्छ । चुनावाँ खर्चभा पैसा उठाउने नियतका साथ खाने दाउमा रहेका मधेसीहरु भष्टाचार विनाको कामलाई कामै भन्दैनन ।

एउटा बिँडिदेखि घरघडेरी नै पनि भष्टाचार गर्न नडराउने मधेसीहरुका विषयाँ जति लेखेनी कमै हुन्छ । अब दल ब चाउन नसकेनी ठाकुरबाबाले मधेसीहरुलाई मनपरी तरिकाले नागरिकता बाँडन सके भने फेरि केही होला । अन्यथा अब उपेन्द्रले पार्टीयाँ ठाकुरबाबाको सतिगति गरे । यो दुर्दसाँ आउन यही साउनकै मैनाँ आउनु त । भन्न त साउन भन्या ठाकुरबाबाकै हो भन्छन् । तर के गर्नु ? बोलबमले ठाकुरबाबाकै दुर्गति बोकेर आरैछ ।

-वेदर्षि

घुँयत्राे : जसपाका ठाकुर बाबा (महन्थ ठाकुर) त गयो त हँ !

कार्टुन

घुँयत्राे : जसपाका ठाकुर बाबा (महन्थ ठाकुर) त गयो त हँ !

विदेशबाट फर्केर गाउँमै व्यवसायमा जमेका नरेन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *