शौचालयको इतिहास : सिंहासनमै शौचदेखि दुई तल्लाको संरचनासम्म

हतियार, कलाकृति र चित्रहरूको संग्रहालय त सबैले देखेकै विषय हो । तर विश्वमा नै दुर्लभ रहेको शौचालयको संग्रहालय भने धेरैको लागि रोचक विषय हो । संग्रहालय आफैँमा बहुमूल्य सामग्रीहरुको संग्रह गर्ने ठाउँ हो । तर कतै शौचालयको समेत छुट्टै संग्रहालयको विकास भएको छ भन्ने कुरा धेरैलाई अनौठो लाग्न सक्छ ।
विश्वमा विभिन्न ठाउँमा शौचालयको इतिहास बोल्ने सामग्री संकलन गरेर शौचालयको संग्रहालय समेत स्थापना गरेको छ । भारतको नयाँ दिल्ली, युक्रेनमा रहेको शौचालयको संग्रहालयसम्मले शौचालयको इतिहास बोल्ने गर्छ ।
झण्डै डेढ दशकअघि देखि छिमेकी मुलुक भारतमै पनि शौचालयको संग्रहालय सञ्चालनमा छ । भारतको स्वैच्छिक संस्था सुलभ इन्टरनेशनलले शौचालयको संग्रहालय स्थापना गरेको छ । जसले शौचालय र मानव सभ्यताको गहिरो सम्बन्धको प्रदर्शन गर्दछ ।

संग्रहालयका अनुसार फ्रान्सको सम्राट लुइस चौधौंकी रानी भिक्टोरियाको सिंहासनदेखि रानी भिक्टोरियाको शौचालयसम्म धेरै शतकसम्म चर्चित भए । जसमा हीरा र अन्य गहनाहरू थिए । संग्रहालयमा देखाइएको जानकारीका अनुसार शौचालयहरूको इतिहास हडप्पा र मोहेनजोदारो सभ्यताको जत्तिकै पुरानो हो। शौचालयका बाँकी अवशेष मोहेनजोडाजाडोमा फेला परेका छन् ।
मुगल कालमा अकबरको राजभवन बाहेक, राजस्थानको गोलकोंडालगायत धेरै किल्लाहरूमा शौचालयहरू भेटिए । जुन अझै देख्न सकिन्छ। उक्त संग्रहालयमा एक अमेरिकी शौचालय पनि राखिएको छ । जुन दुई तलाको छ । जसमा मालिक माथिल्लो तलामा बस्थे भने तल मजदुरहरू बस्थे ।
विभिन्न प्रकारका शौचालयहरू
शौचालयको इतिहासलाई हेर्ने हो भने कतै सिंहासनको मुनि रहेको शौचालयदेखि हिरा जडित महँगौ शौचालयसम्म प्रमुख छन् । लुइस १२ को समयमा मन्त्रीसँगको छलफलकै क्रममा पनि आवश्यक पर्दा शौच गर्ने गर्थे त्यसकारण उनकै समयमा सिंहासनमा नै शौचालय बनाइएको इतिहासकारहरू बताउँछन् ।
इतिहासकारहरू विश्वमै यसलाई पहिलो सिंहासन मान्छन् जसमा शौचालय थियो । पछि युरोप र फ्रान्समा धेरै शौचालयहरू बने जुन कोही किताबको आकारमा छन् त कोही टेबुलको आकारमा छन् । बुकशेल्फको आकारमा शौचालय पनि छ, जुन अनुमान गर्न गाह्रो छ कि यस्तो पनि शौचालय हुन सक्छ ।

सेरेमिक शौचालय
तेह्रौं/चौधौं शताब्दीमा, काठको शौचालयको प्रयोग बढ्न थाल्यो । काठसँगै सुरु भयो सेरेमिक शौचालय ।
पुस्तक आकारको शौचालय
दिल्लीको संग्रहालयमा एउटा यस्तो शौचालय पनि छ जहाँ शौचालय नै पुस्तक आकारको छ । यी सबै शौचालयको शैलीले छुट्टाछुट्टै अर्थ बोक्ने बनाइन्छ । काठसँगै बनेका सेरेमिक शौचायमा भने बिस्तारै हिरा जस्ता रत्नहरू समेत जडान गर्न थालियो ।
मानिस र शौचालय बीचको सम्बन्ध अझै उस्तै छ । सन् २०००को दशकको सुरुमा तत्कालीन प्रसिद्ध गायक जेनिफर लोपेजलाई उनका पूर्व प्रेमिका बेन एफिलेकले जन्मदिनमा महँगो शौचालय उपहार दिएकी थिइन् । त्यो घटनाले त्यतिबेला ठूलै चर्चा पाएको थियो ।
फ्लश शौचालयको संक्षिप्त इतिहास
यो स्पष्ट छैन कि कसले सबैभन्दा पहिले फ्लस शौचालयको आविष्कार गर्यो। । यद्यपि उत्तर पश्चिमी भारतमा गरिएको पुरातात्विक उत्खननले ४००० वर्ष पुरानो ढल निकास प्रणालीको विकास भएको पत्ता लगाएको छ । मोहनजोडदो र सिन्धु सभ्यतामा देखिएका पुरातात्विक प्रमाणले शौचालयको आकृति झल्काउने सामग्री देखाएको छ ।

यद्यपि पहिलो शौचालय उत्पादन गर्ने सम्मान या त स्कट्सलाई (३००० ईसापूर्व) पुरानो नियोलिथिक बस्तीमा वा ग्रीसलाई जान्छ। जसले नलोससको दरबार (ई.पू. १७००) मा बग्ने पानीको आपूर्ति वा निकासको प्रणालीसँग जोडिएको छ ।
रोमन समय
सन् ३१५ मा रोममा १४४ वटा सार्वजनिक शौचालयहरू थिए भन्ने कुरा ऐतिहासिक दस्तावेजहरूले देखाएको छ । त्यही समयदेखि नै रोमेलीहरूले शौचालयमा दिसा गर्नको लागि प्रोत्साहन गर्न थालेको देखिन्छ । रोमेलीहरूले शौचालयमा जानुलाई सामाजिक घटनाको रूपमा व्यवहार गरे । त्यसमा काठको प्रयोग गरिएको थियो भने त्यही समयदेखि नै शौचालयलाई पानीले धुने गरिन्थ्यो ।
मध्यकालीन समय
मध्यकालीन इंग्ल्याण्डमा मानिसहरूले ‘पोट्टी’ अर्थात् कोपारोको पनि प्रयोग गर्थे । तिनीहरूले प्रयोग गर्ने सामग्रीहरू ढोका वा झ्यालबाट सडकमा फ्याँक्थे । अधिक धनीहरूले ‘स्नानागार’को समेत प्रयोग गर्दथे । बिस्तारै शौचालयबाट सिधै ढल निकास गरेर एउटा खाल्डोमा पठाउने र शौचालयलाई सफा राख्ने चलन सुरु भयो । मध्यकालीन समयमा युरोपमा नै शौचालय क्षेत्रमा लुगाहरू भण्डारण गर्ने अभ्यास सुरु भयो । जसले गर्दा साम्प्रदायिक गोप्यताबाट कायम रह्यो । एक विशाल सार्वजनिक गार्डेरोब लन्डनमा निर्माण गरिएको थियो र त्यसलाई सिधा थेम्स नदीमा पठाउने गरिन्थ्यो । यसले सम्पूर्ण जनताको लागि दुर्गन्ध र रोगहरू निम्त्यायो ।

गार्डेरोब्स र सार्वजनिक शौचालयहरू बिस्तारै कमोडबाट बिस्थापित हुँदै गए । जसमा एउटा सिट भएको बक्स र ढकनीको समेत व्यवस्था गरियो । यस्तो शौचालयको प्रयोग लुइस ११ औंको पालमा गरिएको थियो । १९ औं शताब्दीमा बेलायतको जनसंख्या बढ्दै जाँदा शौचालयको संख्यामा पनि बढोत्तरी हुन थाल्यो । लण्डन र म्यानचेस्टर जस्ता भीडभाड भएका शहरहरूमा १०० जनासम्म एकल शौचालय बाँड्न सक्ने व्यवस्था गरिएको थियो । ती सबैको निकास नदीमा नै थियो ।
आधुनिक समय
बाथरूम टेक्नोलोजीको आधुनिक विकास साँच्चै २० औं शताब्दीमा विस्तार भयो । २० औं शताब्दीमा शौचालय कागज रोलहरूसहितको प्रविधि आयो । यही समयदेखि स्वचालित जल प्रवाह प्रणालीको विकास हुन थाल्यो । अहिले २१ औं शताब्दीसम्म आइपुग्दा अनेक किसिमका सुविधासम्पन्न शौचालयहरूको विकास हुन थालिसकेको छ । अहिले त मान्छेको स्तरीयताको परीक्षा नै शौचालयको डेकोरेसनबाट हुन थालिसकेको छ ।






