आगलागीमा दुई बालक घाइते

मुगु, १ फागुन । हिमाली जिल्ला मुगुको उत्तरी भेगमा रहेको सोरु गाउँपालिका वडा नम्बर २ नाथर्पुकामा आगलागी भएको छ । आगलागी हुँदा जलेर घाइते भएका २ बालकलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । नाथर्पुका देवीलाल बुढाका छोरा ५ वर्षीय छार्पे बुढा र सोही वडाका हरि शाहीका छोरा दिल शाही आगलागी भई जलेर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार वडा नम्बर २ का लोकेन्द्र बुढाको ढुंगा, माटोले निर्माण गरेको खरको छानाको गोठबाट आगलागी भएको हो । 

आगो बालेर ताप्ने क्रममा एक्कासि गोठमा आगो सल्किँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । उनले भने, ‘आगो तापेर बसेका २ बालबालिकाको हातखुट्टा जलेर स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको हो ।’ आगलागीमा घाइते भएका २ बालबालिकालाई शुक्रबार काठमाडौं रिफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाइते बालबालिकाको हातखुट्टा जलेका छन् ।

आगलागीमा दुई बालक घाइते

सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा थापा

आगलागीमा दुई बालक घाइते

चीन पुग्यो मंगलममा

Leave a comment

Your email address will not be published. Required fields are marked *